Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

वल्र्डलिंक कम्यूनिकेसन्स अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

वल्र्डलिंक कम्यूनिकेसन्स अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

काठमाडौं, १५ मंसिर । वल्र्ड इन्फोरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) ले मलेशियाको पेनाङ्गमा आयोजित २०२० टेकफेष्ट लाईभ रोड–टु–विट्सा मलेशिया हाईब्रिड कार्यक्रमको दोस्रो दिन विभिन्न विद्यामा पुरस्कार घोषणा गरेको थियो । उक्त समाहरोहमा वल्र्डलिंक कम्यूनिकेशन्स लिमिटेडले नेपालका विभिन्न भागहरु लगायत कर्णाली प्रदेश जस्तो विकट क्षेत्रमा इन्टरनेट सेवाको पहुँच पुर्याइएकोमा डिजिटल अपर्चुनिटी इन्क्लुजन “मेरिट पुरस्कार“ जित्न सफल भएको छ । हाल सम्म यो पुरस्कार पाउने वल्र्डलिंक नेपालको पहिलो कम्पनी भएको जनाकारी दिइएको छ।

सन १९७८ मा स्थापित, वल्र्ड इन्फोरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) आईसीटी उद्योग संघ सदस्यहरूको एक अग्रणी संस्था हो जसमा विश्वभरिका ८० भन्दा बढी देशका संस्थाहरू आवद्ध भएकाछन । विट्साका सदस्यहरू विश्व आईसीटी बजारको ९० प्रतिशत भन्दा बढी प्रतिनिधित्व गर्दछ ।

विश्वव्यपी आईसीटी उद्योग को अग्रणी संघको रूपमा मान्यता प्राप्त भएकोले विट्सा आईसीटीको रूपान्तरणको लागी र उद्योग बृद्धि गर्न उद्देश्यका साथ आईसीटीको विश्वव्यापी अर्थव्यवस्थाको प्रमुख संवाहकको रुपमा काम गर्दै आइरहेकोछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x