सुन–चाँदीको मूल्यमा गिरावट

काठमाडौं, १६ फागुन । बुद्यबार स्थानीय बजारमा सुन–चाँदी दुबैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको चार सय रुपैयाँले घटेर प्रतितोला ५८ हजार ४ सय रुपैंयामा कारोवार भइरहेको छ।

त्यस्तै चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेर ७ सय ४० रुपैंया कायम भएको छ । मंगलबार भने सुन–चाँदीको मूल्य स्थिर रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *