Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी हुन दिन्नँ : अर्थमन्त्री

स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी हुन दिन्नँ : अर्थमन्त्री

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी नहुने बताएका छन् । ललितपुरको गोदावरी नगरपालिकामा वज्रवाराही चापागाउँ अस्पतालको १५ शय्या भवन निर्माणको शिलान्यासका क्रममा मन्त्री पौडेलले ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि अर्थ मन्त्रालले ५७ अर्ब ९७ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरेको जानकारी दिए ।
‘अस्पताल निर्माण अघि बढ्दै जाँदा थप बजेटको निकासा हुन्छ । बजेटको अभाव हुँदैन,’ उनले भने । स्वस्थसँग बाँच्न पाउनुपर्ने संविधानको मौलिक हकअनुसार स्थानीय तहमा सुविधासम्पन्न पूर्वाधार, डाक्टर, स्वास्थ्यकर्मी, स्वास्थ्य उपकरणको उपलब्धताका लागि महाअभियानको रूपमा स्थानीय तहहरूमा एकसाथ आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरिएको उनको भनाइ छ ।
अर्थमन्त्री पौडेलले १८ करोड रुपैयाँको सीमामा रहेर १५ शøयाको अस्पताल निर्माण गर्न सकिने भन्दै पूर्वनिर्धारित समय २ वर्षअघि नै सम्पन्न गर्नेगरी काम गर्न आग्रह गरेका छन् । अस्पताल निर्माण गर्दा लागत, गुणस्तर र समयमा काम सक्नेतर्फ विशेष ध्यान दिनुपर्नेमा उनको जोड छ ।
अर्थ मन्त्रालयले एक हप्ताअघि ५, १० र १५ शøयाका आधारभूत अस्पताल २ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको थियो । अर्थले स्थानीय तहहरूमा आधारभूत अस्पताल निर्माणका लागि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ स्थानीय तहमा पठाइसकेको उनको भनाइ छ । सातओटा प्रदेशमा सरुवा रोग नियन्त्रणका लागि ५०÷५० शय्याका अस्पताल निर्माणको प्रारम्भिक कार्य अघि बढाउन ५६ करोड रुपैयाँको व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x