Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

महासंघका नवनिर्वाचित पदाधिकारीलाई परिसंघमा स्वागत, ‘निजी क्षेत्रबीच सहकार्यको आवश्यकता’

महासंघका नवनिर्वाचित पदाधिकारीलाई परिसंघमा स्वागत, ‘निजी क्षेत्रबीच सहकार्यको आवश्यकता’

काठमाडौं, १८ मंसिर । नेपाल उद्योग वािणज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई नेपाल उद्योग परिसंघले स्वागत तथा बधाई ज्ञापन गरेको छ । बिहीवार परिसंघको कार्यालय थापाथलीमा आयोजित औपचारिक कार्यक्रममा महासंघका पदाधिकारीहरुलाई परिसंघका पदाधिकारीहरुले बधाई तथा शुभकामना प्रदान गरेको हो ।
कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले महासंघको नयाँ नेतृत्वलाई बधाई तथा कार्यकालको शुभकामना व्यक्त गर्दै निजी क्षेत्रका दुई सशक्त संस्थाहरुबीच विगतदेखि नै विभिन्न आयामबाट सहकार्य रहँदै आएको स्पष्ट पार्दै नयाँ कार्यसमितिसँग महासंघसँगको सहकार्यलाई थप सुदृढ र मजबुत बनाउनु आजको आवश्यकता रहेको बताए ।
कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्रिय अर्थतन्त्रमा निजीक्षेत्रको भूमिका र योगदानको उजागर गर्दै निजी क्षेत्रका समस्याहरु उस्तै प्रकारका भए पनि कतिपय अवस्थामा उद्योगको वर्गिकरण र क्षमताका आधारमा समस्याहरु फरक पर्ने भएकोले निजीक्षेत्रले मध्यमार्गी बाटो अपनाई एकताबद्ध भई उद्योग व्यवसायको प्रवद्र्धन र विकासमा सहकार्य नै पहिलो प्राथमिकतामा रहेको बताए ।
कार्यक्रममा परिसंघ र महासंघका पदाधिकारीहरुले उच्च आर्थिक वृद्धि, रोजगारी विस्तार, निर्यात बढाउने तथा व्यापार घाटा कम गर्ने लगायत निजी क्षेत्रको विकास तथा सम्मान बढाउने एजेण्डामा आपसी सहकार्यले परिणाम दिन सक्ने भएकाले त्यसतर्फ सहकार्य बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा परिसंघको तर्फबाट परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल सहित उपाध्यक्षहरू सुलभ अग्रवाल, कृष्णप्रसाद अधिकारी, राजेश अग्रवाल र वीरेन्द्रराज पाण्डेको उपस्थिति थियो भने महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाईर कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहभागी थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *