Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

कोरोना बीमाको दाबी भुक्तानी तीन दिनभित्र गर्न अर्थमन्त्रीको निर्देशन

कोरोना बीमाको दाबी भुक्तानी तीन दिनभित्र गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं, १८ मंसिर । अर्थमन्त्री विष्णु पौडेलले कोरोना बीमाको दाबी भुक्तानी तीन दिनभित्रै भुक्तानी गर्न दोस्रो पटक निर्देशन दिएका छन् । पौडेलले ७ दिनभित्र भुक्तानी गर्न पहिलो पटक दिएको निर्देशन कार्यान्वयन नभएपछि दोस्रो निर्देशन दिएका हुन् ।

अर्थ मन्त्रालयले बिहीबार बीमा समितिलाई पत्राचार गर्दै यो निर्देशन दिएको हो । कोरोना बीमा मापदण्ड बमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरूको भूक्तानी ३ दिनभित्र गरी दैनिकरूपमा मन्त्रालयमा जानकारी गराउन पत्रमार्फत निर्देशन दिइएको छ ।

पहिलो निर्देशन दिएको एक महिनासम्म पनि कार्यान्वयन नभएपछि मन्त्रालयले दोस्रो निर्देशन दिएको हो । गत कात्तिक १८ मा मन्त्रालयले ७ दिनभित्र कोरोना दाबी भुक्तानी गर्न निर्देशन दिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x