मौद्रिक नीति समीक्षा : कोभिड प्रभावितको सम्पत्ति तत्काल लिलामी नहुने, स्थिर ब्याजदरको समयसीमा तोकियो
			काठमाडौं, १८ मंसिर । नेपाल राष्ट्र बैंकले कोभिड १९ ले असर परेका ऋणीको ६ महिनाभन्दा बढिको ब्याज बक्यौता नरहेको अवस्थामा धितो लिलामी केही समयसम्मका लागि स्थगन गर्न भनेको छ।
राष्ट्र बैंकले मौद्रिक समिक्षामार्फत गरेको उक्त निर्देशन अनुसार अब गत जेठसम्म ऋण तिरेकाहरुको धितो लिलाम हुने छैन।
त्यस्तै ऋण खोसाखोस हुन थालेपछि राष्ट्र बैंकले त्यसलाई नियन्त्रण गर्ने भएको छ। आफ्नै नीतिका कारण बैंकबीच अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि त्यसलाई सच्याउन खोजेको छ।
स्थिर ब्याज दरमा पनि राष्ट्र बैंकले मौद्रिक समिक्षामार्फत त्यसको समय सीमा तोकेको छ। बैंकहरुले परिचालन गर्ने स्रोतका आधारमा अब स्थिर ब्याजको समय अवधि तोकिने छ।



