Date

बुध, जेष्ठ १, २०८२
Wed, May 14, 2025

लक्ष्मीनारायन बहुउद्देश्यीय सहकारीद्वारा रक्तदान कार्यक्रम आयोजना

लक्ष्मीनारायन बहुउद्देश्यीय सहकारीद्वारा रक्तदान कार्यक्रम आयोजना

काठमाडौं, २० मंसिर । लक्ष्मीनारायन बहुउद्देश्यीय सहकारी संस्थाले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मुलुकमा रगतको अभाब भइरहेको अवस्थामा जिल्ला सहकारी संघ, काठमाडौंका अध्यक्ष ज्ञान बहादुर तामाङको प्रमुख आतिथ्यतामा रक्त्दान कार्यक्रम सम्पन्न गरेको हो । संस्थाले कागेश्वरी मनहरा नगरपालिकाको वडा नं.–६ मा रहेको गणेश हिमाल मा.बिको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नं. २ का सभापति उपेन्द्र कार्की, विभिन्न सहकारीका प्रतिनिधि, विद्यलयका प्रधानाध्यापक ,राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।विभिन्न रचनात्मक एवम सामजिक कार्यमा अग्रनी भूमिका निर्वाह गर्दै आएका सो सहकारीका अध्यक्ष शंकर थापाको अध्यक्षतामा उक्त सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *