Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नगद लाभांश भुक्तानी लिन डिप्रोक्सको अनुरोध, नलिए लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने

नगद लाभांश भुक्तानी लिन डिप्रोक्सको अनुरोध, नलिए लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने

काठमाडौं, २१ मंसिर । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले नगद लाभांश भु्क्तानी लिन बाँकी रहेका शेयरधनीलाई शेयर रजिष्टार सिद्धार्थ क्यापिटल लिमिटेडमा सम्पर्क गर्न आग्रह गरेको छ । आइतबार सूचना जारी गर्दै डिप्रोक्स लघुवित्तले बाँकी रहेको नगद लाभांश बुझिलिन शेयरधनीहरुलाई अनुरोध गरेको हो ।

लगानीकर्ताले ५ वर्षभन्दा पुरानो नगद लाभांश रकम लिनको लागि सम्पर्क नगरे कम्पनी ऐन, २०६३ को दफा १८२(९) बमोजिम स्थापना भएको ‘लगानीकर्ता संरक्षण कोष’मा जम्मा गरिने डिप्रोक्स लघुवित्तले जनाएको छ ।

नगद लाभांश लिन बाँकी रहेका शेयरधनीहरुको नाम डिप्रोक्स लघुवित्तको वेव साईटमा राखिएको कम्पनीले जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x