Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने प्रस्ताव सिटिजन्स बैंकको साधारण सभाबाट स्विकृत

तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने प्रस्ताव सिटिजन्स बैंकको साधारण सभाबाट स्विकृत

काठमाडौं, २१ मंसिर । सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०७६–०७७ को वितरण योग्य मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (लाभांश कर समेत) वितरण गर्ने भएको छ। बैंकको चौधौं वार्षिक साधारण सभाले उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो ।

यस्तै सोही साधारणसभाले बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रिया अगाडि बढाउने
निर्णय समेत गरेको छ। शनिबार सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७६–७७ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको हो । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आर्थिक वर्ष २०७६–७७ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x