सानिमा बैंकको ४ अर्ब बराबरको ऋणपत्र पुस १ देखि निष्काश गरिने
काठमाडौं, २३ मंसिर । सानिमा बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र आगामी पुस १ देखि निष्काशन गर्ने भएको छ। ऋणपत्रको व्याजदर वार्षिक ८.५० प्रतिशत रहेको छ ।
बैंकले निष्काशन गर्ने कुल ऋणपत्रमध्ये २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गरिनेछ भने बाँकी १ अर्ब ३० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गर्ने जानकारी दिइएको छ। सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ८० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी १५ लाख २० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने छन् । ऋणपत्रमा छिटोमा पुस ५ गते र ढिलोमा पुस १५ गतेसम्म आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ। ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।