Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कोरोनाले नियमित उडान प्रभावित हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच अर्ब आम्दानी गुम्यो

कोरोनाले नियमित उडान प्रभावित हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच अर्ब आम्दानी गुम्यो

काठमाडौं, २३ मंसिर । कोरोना सङ्क्रमणका कारण आन्तरिक एवं बाह्य उडान प्रभावित भएपछि देशकै एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच अर्ब रुपैयाँ आम्दानी गुमेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार २०७६ चैतदेखि २०७७ कात्तिकसम्म विमानस्थलको आम्दानी एक अर्ब १९ करोड रुपैयाँ मात्र छ ।

गत वर्ष २०७५ चैतदेखि कात्तिकसम्म विमानस्थलले छ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरेको थियो । यस आधारमा कोरोना संक्रमणको कारण उडान प्रभावित हुँदा विमानस्थलको आम्दानी पाँच अर्ब १७ लाख रुपैयाँ घटेको छ।

सङ्क्रमण नियन्त्रणका लागि भन्दै सरकारले गत चैत ११ देखि उडान बन्द गर्दै निषेधाज्ञा जारी गरेको थियो । करिब पाँच महिना लामो निषेधाज्ञाका कारण अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फको नियमित उडान बन्द थियो । उडान नै नहुँदा विमानस्थलले नियमित आम्दानी गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । मासिक औसत ५० करोड रुपैयाँभन्दा बढी आम्दानी गुमेको बताइएको छ।

विमानस्थलले मुख्यगरी ल्यान्डिङ र पार्किङबापत ठूलो आम्दानी गर्छ । यसबाहेक विमानस्थलभित्रका ठेक्कापट्टा, पसल कबोल, नेभिगेसन एड विमानस्थलका आम्दानीका अन्य स्रोत हुन् । विमानस्थलको आम्दानी घट्दा कतिपय साना किसिमका बजेट कटौती गर्नुपरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x