Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मस्र्याङ्दी–काठमाडौँ डबल सर्किट विद्युत् प्रशारण लाइन निर्माण अन्तिम चरणमा

मस्र्याङ्दी–काठमाडौँ डबल सर्किट विद्युत् प्रशारण लाइन निर्माण अन्तिम चरणमा

काठमाडौं, २३ मंसिर । काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिलाई स्थिर बनाउने गरी नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिहरेको मस्र्याङ्दी–काठमाडौँ डबल सर्किट प्रशारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । धादिङको सिद्धिलेक गाउँपालिकामा गाड्नुपर्ने दुईवटा टावर र चार किलोमिटर तार जडानको कामबाहेक सबै काम सकिएको जानकारी दिइएको छ।

लोड सेन्टरका रूपमा रहेको काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति गर्ने प्रमुख प्रशारण लाइनका रूपमा यो प्रशारण लाइन चार वर्षपहिले बनाउन थालिएको थियो । उपत्यकामा हाल त्रिशूली, कुलेखानी र लामोसाँघुदेखि विद्युत् आपूर्ति हुँदै आएको छ । कुल १ सय २० तथा १सय ३२ केभी क्षमताका यी प्रशारण लाइनका अतिरिक्त २ सय २० केभी मार्फत उपत्यकामा बिजुली ल्याउन निर्माण गरिएको हो ।

प्रशारण लाइन सुरु हुने तनहुँको मार्कीचोकमा रहेको सब–स्टेसनमा विभिन्न निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् ल्याइने छ । त्यस्तै मनाङदेखिकै मस्र्याङ्दी नदीमा बनेका जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली मस्र्याङ्दी करिडोर प्रसारण लाइन हुँदै भरतपुरसम्म ल्याउन लागिएको छ । सो करिडोरको विद्युत् पनि उपत्यकामा ल्याउन यो प्रशारण लाइन बनाउन लागिएको हो ।

यो प्रशारण लाइनबाट ल्याइएको बिजुली काठमाडौँको मातातीर्थमा बनाइएको सब–स्टेसनमा जोडिने छ । त्यहीँबाट उपत्यकाका वितरण लाइनहरूमा पठाइने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x