Date

मङ्ल, बैशाख २५, २०८१
Tue, May 7, 2024

सगरमाथाको उचाइ ८६ सेन्टिमटर बढ्यो

सगरमाथाको उचाइ ८६ सेन्टिमटर बढ्यो

काठमाडौं, २३ मंसिर । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागले जनाएको छ।

सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले आज एकैपटक सार्वजनिक गरेका हुन । उचाइ मापन भने नेपाल र चीनले छुट्टाछुट्टै गरेको थियो । फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक नापी विभागले प्रशोधन गरेको हो । चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल गरेको विभागले जनाएको छ ।

१० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो ।
यसअघिको उचाइ ८८४८ मिटर हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x