कोभिडलाई पराष्त गर्न सार्क मुलुकबीच सहकार्यमा जोड

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबाट बाहिर निस्कन दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकबीच सामूूहिक प्रयासको आवश्यकता रहेको औँल्याएका छन् । सार्क मुलुकको अध्यक्ष राष्ट्र नेपालका प्रधानमन्त्रीका हैसियतले सार्कको ३६औँ बडापत्र दिवस (चार्टर डे) का अवसरमा शुभकामना व्यक्त गर्दै उनले महामारीको परिस्थितिबाट सामूूहिक रूपमा बाहिर आउन सार्क सदस्य मुलुकबीच थप ठोस प्रयास, सहकार्य र सहयोगको आवश्यकता रहेको बताए ।

कोभिड महामारीले अभूतपूर्व चुनौती प्रस्तुत गरेको भन्दै उनले महामारीले स्वास्थ्य र अर्थ व्यवस्थामा मात्र नभई सामाजिक जीवन, यस क्षेत्रका मानिसको जीवनशैली र भविष्यको जीविकामा समेत असर गरेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले सार्क मुलुकको सन्दर्भमा राजनीतिक इच्छाशक्ति र प्रतिबद्धताका साथ ठोस कार्यसँगै अगाडि बढ्ने समय आइसकेको समेत प्रस्ट पारे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *