Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

बैंक अफ काठमाडूको ऋणपत्र बिक्री खुला

बैंक अफ काठमाडूको ऋणपत्र बिक्री खुला

काठमाडौं, २४ मंसि । बैंक अफ काठमान्डूको आजदेखि १ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र बिक्री खुला भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १६ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो ।

जसमध्ये ६ लाख ४० हजार इकाई सर्वसाधारणका लागि छुट्याइएको भने बाँकी ९ लाख ६० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

बैंकले १० वर्ष अवधिको ‘बीओके डिबेन्चर–२०८६’ को वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाइनेछ । लगानीकर्ताले मंसिर २८ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा पुष ८ गतेसम्म भर्न पाइनेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x