Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

मुक्तिनाथ विकास बैंकको नयाँ ब्राण्ड मस्कट ‘मुक्तिभाई’ सार्वजनिक

मुक्तिनाथ विकास बैंकको नयाँ ब्राण्ड मस्कट ‘मुक्तिभाई’ सार्वजनिक

काठमाडौं, २८ मंसिर । मुक्तिनाथ विकास बैंकले आइतवार बैंकको लोगोको प्रतीक ‘मुक्तिभाई नामक नयाँ ब्राण्ड मस्कट सार्वजनिक गरेको छ । आगामी दिनमा सोही मस्कटलाई ब्राण्ड बनाएर आफ्नो विभिन्न सेवा, सुविधा, प्रडक्टहरुको प्रचार प्रसार गर्ने बैंकले बताएको छ ।
बैंकका अध्यक्ष भरतराज ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलद्वारा संयुक्त रूपमा बैंकको उक्त मस्कट सर्वजानिक गरिएको हो । विकास बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी मोबाइल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्य बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था छ । हाल बैंकका १३८ ओटा शाखा कार्यालयहरु रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x