Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

उचालियो नेप्से : ४६.४३ अंकले बढेको बजारमा करिब ५ अर्बको कारोबार

उचालियो नेप्से : ४६.४३ अंकले बढेको बजारमा करिब ५ अर्बको कारोबार

काठमाडौं, २८ मंसिर । साताको पहिलो कारोबार दिन आइतवार शेयर बजारमा उत्साह देखिएको छ । यस दिन शेयर बजार परिसूचक नेप्सेमा ४६.४३ अंकको वृद्धि देखिएको छ । अघिल्लो कारोबार दिन बिहीवारको तुलनामा परिसूचक २.३६ प्रतिशतले उचालिएर २०१०.४५ अंकमा थामिएको छ ।
आइतवार ठूला कम्पनीहरूको शेयर मापक सेन्सेटिभ इन्डेक्स समेत बढेको छ । यस दिन उक्त इन्डेक्स ८.०९ अर्थात् २.१६ प्रतिशतले बढेको २८२.११ अंकमा पुगेको छ ।
आइतवार २०३ वटा कम्पनीको कुल ९० लाख ५० हजार १६ कित्ता शेयर खरिदविक्री भएको छ । यी कम्पनीको शेयर ४३ हजार ५८४ पटकको किनबेच हुँदा रू. ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजारको कारोबार भएको छ ।
आइतवार कारोबारमा आएका अधिकांश समूहको शेयरमूल्य बढेको छ । यस दिन व्यापार, होटल्स र हाइड्रोपावर बाहेक सबै समूहको परिसूचक बढेको हो, जसमा बैंकिङ समूहको परिसूचक सबैभन्दा बढी ३.९ प्रतिशतले बढेको छ भने हाइड्रोपावर कम्पनीको परिसूचक सबैभन्दा धेरै १.६३ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x