Shangrila

आर्थिक पुनरुत्थानलाई गति दिने सम्बन्धमा अर्थमन्त्री पौडेल र आईएमएफका पदाधिकारीबीच छलफल

काठमाडौं, २८ मंसिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)का पदाधिकारीबीच कोभिड–१९ ले बढी प्रभाव पारेका क्षेत्रहरू र समग्र आर्थिक पुनरुत्थानलाई गति दिने लगायत विषयमा छलफल भएको छ । अर्थमन्त्री पौडेल र आईएमएफका पदाधिकारीबीच ‘एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी’ कार्यक्रमको तयारी एवं अर्थतन्त्रका विभिन्न विषयमा आइतवार भिडियो कन्फ्रेन्स मार्फत छलफल भएको हो ।
छलफलमा आईएमएफका पदाधिकारीले एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी कार्यक्रमको तयारीको पछिल्लो प्रगतिको बारेमा जानकारी गराउँदै नेपालको आर्थिक तथा सामाजिक विकासमा कोषको निरन्तर सहयोग हुने विश्वास दिलाए । साथै, आर्थिक पुनरुत्थानका लागि कोषले नेपालसँग थप सहकार्य गर्दै जाने समेत बताए ।
सो क्रममा अर्थमन्त्री पौडेलले चालू नेपालको चालू आर्थिक वर्षको बजेटले मुख्य रूपमा राहत र आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिएको र कोभिडको रोकथाम, नियन्त्रण तथा उपचार लगायत आर्थिक पुनरुत्थानका लागि बढ्दो सार्वजनिक खर्च व्यवस्थापन गर्न कोषको प्रस्तावित उक्त कार्यक्रमले सघाउ पु¥याउने धारणा राखे । आईएमएफ समेतको सक्रियता तथा नेतृत्वमा जी–ट्वेन्टीका सदस्य मुलुकहरूबाट प्राप्त भएको ऋणको साँवा तथा ब्याज स्थगन सम्बन्धी सुविधाका लागि उनले आभार व्यक्त गरे । साथै न्यून आय भएका मुलुकलाई थप कुनै अतिरिक्त भारविना सापेक्षिक रूपमा लामो समयका लागि यस्तो सुविधा उपलब्ध गराउन आग्रह गरे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *