Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

हस्तकलाको प्रवर्द्धनका लागि सरकारले नीतिगत सुधार गर्ने, महासंघद्वारा हस्तकला वर्ष घोषणा

हस्तकलाको प्रवर्द्धनका लागि सरकारले नीतिगत सुधार गर्ने, महासंघद्वारा हस्तकला वर्ष घोषणा

काठमाडौं, २८ मंसिर । निर्यात व्यापार, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय बजारमा नेपालको पहिचान कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाली हस्तकलाको प्रवद्र्धनका लागि सरकारले नीतिगत सुधार गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले हस्तकलाको प्रवद्र्धनका साथै निर्यातलाई प्रतिस्पर्धी बनाउन सरकार नीतिगत सुधार गर्न तयार रहेको उल्लेख गरे । नेपाल हस्तकला महासंघको ४८औं वार्षिकोत्सव, नवौं हस्तकला दिवस र हस्तकला वर्षको आइतवार शुभारम्भ गर्दै मन्त्र गुरुङले यस्तो बताएका हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले निर्यात प्रवद्र्धनका लागि उत्पादन लागत घटाउन मन्त्रालयले सहयोग गर्ने बताए । हस्तकला निर्यातको धेरै सम्भावना रहे पनि अपेक्षाअनुसार निर्यात बढ्न नसकेकोमा चिन्ता व्यक्त गर्दै उत्पादन लागत घटाउँदै हस्तकलाको विविधिकरण जोड दिनुपर्ने उनको भनाइ छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले उत्पादन लागत घटाउँदै र गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने बताए ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले हस्तकलाको प्रवद्र्धनका लागि अनलाइन मार्केटिङमा जोड दिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष सकुन्तलाल हिराचन, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले पनि हस्तकलाको प्रवद्र्धनका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।
नेपाल हस्तकला महासघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यले हस्तकला व्यवसायमा समस्याबारेमा ध्यानाकर्षण गराएका थिए । महासंघका उपाध्यक्ष एवं ४८ औं वार्षिकोत्सव तथा नवौं हस्तकला दिवस समितिका संयोजक रविन्द्र शाक्यले हस्तकला बर्षका कार्यक्रमबारे जानकारी गराए । महासंघले हस्तकला वर्षका लागि २५ बुँदे वार्षिक कार्यक्रम घोषणा गरेको छ ।
कोरोनाबाट प्रभावित हस्तकला उद्योग व्यवसायलाई पूर्ववत अवस्थामा पु¥याउने उद्देश्यका साथ वार्षिक कार्यक्रम तय गरिएको समितिका संयोजक शाक्यले जानकारी दिए । वार्षिक कार्यक्रम अन्तर्गत त्रैमासिक बुलेटिन नियमित प्रकाशन गर्ने, जिल्ला तथा बस्तुगत संघलाई सुदृढिकरण गर्ने, समसामयिक बिषयबस्तुमा वेभिनार तथा सेमिनार गोष्ठी आयोजना गर्ने, व्यवसायिक अनलाईन मार्केटमा पहुँच वृद्धि गर्दै जाने, महिला उद्यमी मेला मार्फत महिला उद्यमीलाई ब्यवसायिक रुपमा संगठित गर्दै जाने, आन्तरिक बजार प्रर्बद्धन गर्न त्रैमासिकरुपमा क्रेता बिक्रेता भेला आयोजना गर्ने कार्यक्रम रहेको संयोजक शाक्यले बताए ।
त्यसैगरी बस्तुगत विधाको लागि सामूहिक टे«डमार्कको अवधारणा कार्यान्वयन गर्ने, हस्तकलासंग इन्टेरियर डिजाइनिङ समायोजन गर्ने, मूर्त तथा अमूर्त कला सस्कृतिको प्रवद्र्धन गर्ने, डिजाइन तथा डिसप्ले कक्ष तयार गर्ने, कलाकारहरुका परिचयपत्र प्रदान गर्ने, अर्र्धवार्षिक कला प्रर्दशनी आयोजना गर्ने, बिधागत हेरिटेज वाक आयोजना गर्ने, विभिन्न वस्तु विद्याको प्रवद्र्धनको लागि छोटो डकुमेन्ट्री तयार गर्ने, प्याकेजिङ र लेवलिङ योजना तयारी गर्ने, विशुद्ध हस्तकलाको पहिचान गर्दै जाने, लिभिङ लेजेन्ट इन ह्याण्डिक्राफ्टको पहिचान गरी सम्मान गर्दै जाने, विधागत हस्तकलाको विभिन्न मिडियामार्फत प्रकाशमा ल्याउने आदि कार्यक्रम रहेका छन् ।
त्यसैगरी बढीभन्दा बढी वस्तुगत संघ र ७ वटै प्रदेशका जिल्ला संघलाई महासंघमा आवद्ध गरी ७ वटै प्रदेशमा महासंघको पहुच बिस्तार गर्नेे, हस्तकला उद्योग व्यवसायको क्षेत्रमा विद्यमान नीतिगत तथा प्रक्रियागत समस्या समाधानका लागि नेपाल सरकारलगायत सम्बन्धित निकायमा पैरवी गर्दै जाने, हस्तकलामैत्री निर्यातमुखी ऐन,कानून नीति नियम तर्जुमा र समयसापेक्ष परिमार्जनका लागि नेपाल सरकारसँग पहल र पैरवी गर्ने, सार्क हस्तकला विकास केन्द्र संचालन र हस्तकलाग्राम स्थापना र हस्तकला बिकास नीति कार्यान्वयनको लागि नेपाल सरकार समक्ष पहल गर्ने, मेड इन नेपाल एण्ड मेक इन नेपालको प्रतिस्पर्धी अवधारणा विकास गर्ने र प्रचलित विद्युतीय प्रविधि, संचार तथा आर्थिक कारोबार र व्यवसायिक संजालको समयसापेक्ष उपयोग गर्ने जस्ता कार्यक्रम रहेका छन् ।
महासंघले विगत ४७ वर्षदेखि निरन्तर कृयाशिल भई नेपालभरिका मूर्त र अमूर्त ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको अनुसन्धान, संरक्षण एवं सम्वद्र्धनको साथै हस्तशिल्पीको जनजीवनमा सुधारलगायत हस्तकला निकासी ब्यापारको प्रवद्र्धनको लागि निकासी मैत्री नीति नियम तर्जुमा र समय सापेक्ष सुधारको लागि नेपाल सरकार समक्ष पैरवी गर्ने साथै राष्ट्रिय अर्थतन्त्रको सुद्धिढीकरणमा योगदान पुग्ने खालका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x