Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

एनआइसी एशिया बैंकले सुरु गर्यो ‘कर्पोरेट–पे’ सेवा

एनआइसी एशिया बैंकले सुरु गर्यो ‘कर्पोरेट–पे’ सेवा

काठमाडौं, २९ मंसिर । एनआईसी एशिया बैंकले आफ्ना संस्थागत ग्राहकहरूका लागि बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ । यसका लागि बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा आज बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

योसँगै अब बैंकका संस्थागत ग्राहकहरूले बैंकमा उपस्थित नभई रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू बैंक खाताबाट सजिलै गर्न सक्ने छन् । ‘कर्पोरेट–पे’ प्रणाली सुरुवात गर्नका लागि ग्राहकले बैंकबाट आवश्यक प्रकृया पूरा गरी आवेदन दिनुपर्ने बैंकले जनाएको छ। यो प्रणाली सुरुवात गरेपश्चात् प्रयोगकर्ताहरू आफैले तोकिएको कारोबार सीमा भित्र कुनै पनि भुक्तानीहरू बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्ने छन् ।

एनआइसी एसिया बैंकले हाल मुलुकभर ३ सय ३३ शाखा कार्यालयहरू मार्फत २२ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x