Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

सोमबार शेयर बजारमा रौनक, परिसूचक बढेसँगै कारोबार पनि बढ्यो

सोमबार शेयर बजारमा रौनक, परिसूचक बढेसँगै कारोबार पनि बढ्यो

काठमाडौं, २९ मंसिर । शेयर बजार परिसूचक २ हजार विन्दु माथि उक्लिएको छ। सोमबार नेप्से परिसूचक ५६. ७२ अंकले बढेर २०६७.१७ विन्दुमा बन्द भएको हो ।

कारोबारमा आएका १२ समूह मध्ये हाइड्रोपावर बाहेक अरु सबै समूहमा बृद्धि भएपछि समग्रमा परिसूचक बढेको हो ।

सूचकसँगै कारोबार रकममा समेत वृद्धि भएको छ। २ सय २ कम्पनीको ७ अर्ब २० करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ । परिसूचक बढ्दा लगानीकर्ता थप उत्साहित भएका छन् । सोही कारण कारोबार रकम समेत बृद्धि भएको बताइन्छ ।

सोमबार सबैभन्दा धेरै शेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ। कम्पनीको ७४ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस्तै यस दिन सबैभन्दा धेरै कमाउनेमा प्राइम लाइफ इन्स्योरेन्स कम्पन रहेको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । गुमाउने कम्पनीहरुको सूचीको अग्रस्थानमा भने लिवर्टी इन्र्जी कम्पनी रहेको छ । कम्पनीको शेयर मूल्यमा ५.७९ प्रतिशतले गिरावट आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x