Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सेञ्चुरी कमर्शियल बैंकले ७.५० प्रतिशत लाभांश वितरण गर्ने

सेञ्चुरी कमर्शियल बैंकले ७.५० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, २९ मंसिर । सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई गत आव २०७६÷७७ को मुनाफाबाट ७.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ, जसमध्ये चुक्तापूँजीको ५.२५ प्रतिशत बोनस शेयर र २.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
मंसिर २९ गते बसेको बैंकको ३२६औं सञ्चालक समतिको बैठकले चुक्तापूँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत एवं बैंकको १०औं वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x