Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

ऊर्जा बचत कार्य गरेबापत रावा बैंकद्वारा विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण

ऊर्जा बचत कार्य गरेबापत रावा बैंकद्वारा विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण

काठमाडौं, २९ मंसिर । राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट केएफडब्ल्यू बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रम अन्र्तगत रकम हस्तान्तरण गरेको छ । बैंकले पशुपति आइरन एण्ड स्टील प्रा.लि.लाई एक करोड रुपैंया, बोटलर्स नेपाल लि.लाई ५२ लाख ९४ हजार रुपैंया, बागमती आयल इन्डष्ट्रिजलाई ४३ लाख ३५ हजार रुपैंया, हिमाल आइरन एण्ड स्टील प्रा.लि.लाई सात लाख ३४ हजार रुपैंया र इस्ट एशियन प्लाष्टिक इन्डष्ट्रिज प्रा.लि.लाई दुई लाख ४० हजार रुपैंया हस्तान्तरण गरेको हो ।
मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुंदा स्वीकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक सोमवार एक समारोहका बिच हस्तान्तरण गरिएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरे । हालसम्म १७ वटा उद्योगहरुलाई ६ करोड ७४ लाख रुपैंया भन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको जानकारी उनले दिए ।
नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ आयोजना कार्यन्वयनको लागि प्रोजेक्ट इक्जिक्युटिङ एजेन्सी (पीईए) को रूपमा सहायता सम्बन्धी कार्य गर्ने गरेको छ ।
यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ । यस आयोजना अन्तर्गत कुनै एक इकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु. १ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।
उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकरी अधिकृतद्धय सरस्वती अधिकारी, देबेन्द्ररमण खनाल, विभागीय प्रमुख विनयरमण पौडेल, एडेल्फीका कन्सल्टैण्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका अधिकारीहरु क्रमशः पशुपति मुरारका, सौरभ थापा, विवेक राठी, जगदिश बैद्य, अनन्तकुमार मण्डला लगायत कर्मचारीहरुकोे उपस्थिति रहेको थियो । उपप्रबन्धक होमराज भट्टराईले कार्यक्रम संचालन गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x