Shangrila

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा पुस २४ गते, ११.८४ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, २ पुस । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको ३४औं वार्षिक साधारणसभा पुस २४ गते हुने भएको छ । एभरेष्ट होटल, नयाँ बानेश्वरमा दिउँसो १२ः१५ बजे भर्चुअल माध्यमबाट हुन सभाले ११.८४ प्रतिशत लाभांश प्रस्ताव पारित भएको छ ।
सभाले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत अर्थात प्रति १०० कित्ता शेयरमा नयाँ ७ कित्ता शेयरका दरले बोनस शेयर र कर प्रयोजनका लागि सहित गरी ४ दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक स्वीकृत गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीेले पुस ९ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ८ गतेसम्मका कायम शेयरधनीहरुले कम्पनीेको साधारण सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *