Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सोमबार शेयर बजारमा करेक्सन

सोमबार शेयर बजारमा करेक्सन

काठमाडौं, ६ पुस । यो साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार परिसूचक (नेप्से) मा बृद्धि भएको छ । आइतबार ९६ अंकले घटेको बजार सोमबार भने ३०.३३ अंकले बढेर १९६५.९६ विन्दुमा पुगेको छ ।

कारोबारमा आएको १२ समूह मध्ये व्यापार, होटल र म्यूचुअल फन्ड बाहेक अरु सबै समूहमा सुधार आएको छ । व्यापार समूहमा ३७.३३, होटल समूहमा २३.०५ र म्यूचुअल फन्ड ०.०२ अंकले घटेको छ । शेयर कारोबार भने २ सय २ वटा कम्पनीको ६ अर्ब ६९ करोड रुपैयाँ बढीको भएको छ ।

बजार बढेको यो दिन सबैभन्दा धेरै कमाउनेमा एनआइसी एशिया बैंकका लगानीकर्ता भएका छन् । बैंकको शेयर मूल्य ९.९० प्रतिशतले बढेर ७ सय ७७ रुपैयाँमा कारोबार भएको छ । यस्तै गुमाउने कम्पनीहरुको अग्रस्थानमा भने नारायणी विकास बैंक रहेका छ । बैंकको शेयर मूल्यमा ९.८७ प्रतिशतले गिरावट आएको छ ।

सबैभन्दा धेरै शेयर कारोबार भने नेपाल लाइफ इन्स्योरेन्सको भएको छ। इन्स्योरेन्सको ७२ करोड ८८ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x