Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सिलगढी–झापा अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको रूट सर्भे सम्पन्न

सिलगढी–झापा अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको रूट सर्भे सम्पन्न

झापा, ८ पुस । मुलुकको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन पश्चिम बंगालको सिलगढीदेखि झापाको चारआलीसम्मको पाइपलाइनको काम अघि बढेको छ । ५० किलोमिटर पाइपलाइन निर्माणका लागि सोमवार रूट सर्भे सकिएको छ ।

सर्भेअनुसार पाइपलाइन भारतको सिलगढीबाट पानीट्यांकीको दक्षिण भेग हुँदै नेपाल–भारत सीमा मेची खोलामुनिबाट नेपाल प्रवेश हुनेछ । यसपश्चात् पूर्व–पश्चिम राजमार्गबाट हुँदै निगमको चारआली डिपोमा भण्डारण गरिने निगमका चारआलीका प्रमुख मनीष न्यौपानेले जानकारी दिएको राससमा उल्लेख छ ।

करिब रू. १० अर्बको लागतमा तीन वर्षभित्र सम्पन्न हुने यस पाइपलाइन आयोजनाको खर्च आ–आफ्नो सीमाभित्र नेपाल र भारतले बेहोर्ने सहमति भएको छ ।

इण्डियन आयल कर्पोरेशन (आईओसी)को सिलगढी डिपोदेखि निगमको झापा, चारआलीस्थित कार्यालयसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन जमिनदेखि दुई मिटरमुनि विछ्याइनेछ । पाइपलाइन नेपालतर्फ १५ किलोमिटर र भारततर्फ ३५ किलोमिटर बिछ्याउनुपर्ने सर्भे टोलीका इञ्जिनीयर मसिनी खड्काको भनाइ छ ।

आईओसी टोलीसँग मिलेर विस्तृत सर्भे गरिएको उनले जानकारी दिए । भण्डारण गरिएको पेट्रोलियम पदार्थले प्रदेश १ मा ९० दिनसम्म आवश्यक पर्ने मागलाई धान्ने निगमले बताएको छ । भण्डारण गृह पूर्व–पश्चिम राजमार्गबाट करिब दुई किलोमिटर दक्षिणमा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x