Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

श्रृजनशील लघुवित्तले दोश्रो वार्षिक साधारणसभाबाट प्राथमिक शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने

श्रृजनशील लघुवित्तले दोश्रो वार्षिक साधारणसभाबाट प्राथमिक शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने

काठमाडौं, ९ पुस । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते दोश्रो साधारणसभा आयोजना गरेको छ । कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले केन्द्रीय कार्यालय, गोलबजार सिराहामा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभाले संस्थाको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै कुनै पनि वित्तीय संस्थासँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति समाहित हुने प्रयोजनको लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सहमतिपत्रमा हस्ताक्षर गर्ने र अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ति गर्ने लगायतका कार्यहरुसँग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x