Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति १० अर्बले घाटामा

बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति १० अर्बले घाटामा

काठमाडौं, ९ पुस । चालू आर्थिक वर्ष २०७७÷७८ को चार महिनामा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति रू. १० अर्ब २३ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकको हालै सार्वजनिक मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति रू. ६५ अर्ब ९२ करोडले बचतमा रहेको थियो ।
समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित (सोझै भुक्तानी र भुक्तानी हुन बाँकी चेकबाहेक) संघीय सरकारको कुल खर्च २ खर्ब ५० अर्ब ४१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च २ खर्ब १९ अर्ब १७ करोड रुपैयाँ थियो ।
यस्तै बैंकिङ कारोबारमा आधारित राजस्व संकलन (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) २ खर्ब ४० अर्ब १५ करोड रहेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन २ खर्ब ७५ अर्ब २ करोड रहेको थियो ।
२०७७ कात्तिक मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा २ खर्ब २० अर्ब ९८ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ ।
सो अवधिमा प्रदेश सरकारको स्रोत प्राप्ति ४० अर्ब ९० करोड रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी २९ अर्ब ९० करोड करोड हस्तान्तरण गरेको छ । यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुले राजस्व र अन्य स्रोतबाट १० अर्ब ९९ करोड परिचालन गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x