सिद्धार्थ बैंकद्वारा भ्रामक समाचारप्रति आपत्ति
काठमाडौं, ९ पुस । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न सञ्चार माध्यमले प्रसारण गरेका समचार प्रति आपत्ति जनाएको छ । बैंकले नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडलाई स्पष्ट पत्र लेख्दै आफू र अन्य कुनै बैंक तथा वित्तीय संस्थाबीच मर्जर एक्वीजिसन सम्बन्धी कुनै निर्णय नभएकोले त्यस्ता समचारप्रति आफ्नो ध्यानकर्षपण भएको बताएको छ ।
ती अनलाइन समाचारहरुमा कुनै सत्यता नभएको बैंकले जनाएको छ ।