Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

चुलिँदै खाद्यान्न आयात, पाँच महिनामा ६३ प्रतिशतले बढ्यो

चुलिँदै खाद्यान्न आयात, पाँच महिनामा ६३ प्रतिशतले बढ्यो

काठमाडौं, १० पुस । कृषिउपजमा आत्मनिर्भर हुने रणनीतिक योजनाको अभाव र भएका कार्यक्रमको समेत कार्यान्वयन नहुँदा मुलुकमा खाद्यान्न आयात वर्षेनि अर्बौं रुपैयाँले बढ्दै गएको छ । सोही क्रमले निरन्तरता पाउँदा चालू आर्थिक वर्षको ५ महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खाद्यान्न आयात ६३ प्रतिशतले बढेको पाइएको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षको मंसिर मसान्तसम्ममा मुलुकमा २० अर्ब २१ करोड रुपैयाँ बराबरको मुख्य खाद्यान्न (चामल, मकै, गहुँ, कोदो लगायत) आयात भएको चालू आर्थिक वर्षमा ३३ अर्ब ३ करोड ९३ लाख बराबरको आयात भएको छ, जुन गत आवको भन्दा ६३.३८ प्रतिशत बढी हो ।
कात्तिक मसान्तसम्ममा २५ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको थियो ।
आयातित खाद्यान्नमध्ये चामलको हिस्सा सबैभन्दा बढी छ । मंसिर मसान्तसम्ममा १८ अर्ब १९ करोड रुपैयाँभन्दा बढीको चामल भित्रिएको छ । विभागका अनुसार सो अवधिमा १८ अर्ब १९ करोड ६५ लाख ९५ हजार रुपैयाँ बराबरको चामल भित्रिएको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा ७ अर्ब २ करोड रुपैयाँ बराबरको चामल आयात भएको थियो । उक्त तथ्यांकले सो अवधिमा गतवर्षको तुलनामा चामल आयात नै करिब १६० प्रतिशतले बढेको देखाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x