Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

नागरिक लगानी कोषको १ः०.८३ हकप्रद पुस २८ गतेदेखि

नागरिक लगानी कोषको १ः०.८३ हकप्रद पुस २८ गतेदेखि

काठमाडौं, १० पुस । नागरिक लगानी कोषले पुस २८ गते मंगलबारदेखि चुक्तापूँजीको १ः०.८३ अनुपात अर्थात् करिव ८३ प्रतिशत हकप्रद जारी गरेर चुक्ता पूँजी वृद्धि गर्ने भएको छ । कोषले १० बराबर ८.२८४ अर्थात १० कित्ता शेयर बराबर ८ दशमलव २८४ कित्ता अनुपातमा १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको हो ।

पुस १३ गते सोमबारसम्म नेप्सेमा शेयर कारोबार भई शेयरधनी दर्ता किताबमा कायम हुन आउने शेयरधनीहरूले मात्र यो हकप्रदमा आवेदन दिन पाउनेछन् । पुस १४ गतेपछि समायोजित शेयरमूल्यमा शेयर खरी दगर्ने लगानीकर्ताले भने हकप्रद पाउनेछैनन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड टेकु काठमाडौँ, राष्ट्रिय वाणिज्य बैंकका विभिन्न तोकिएका शाखा कार्यालयहरू, नागरिक लगानी कोषको केन्द्रीय कार्यालय तथा अन्य शाखा कार्यालयहरुह र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसैगरी मेरो शेयरको वेवपेज तथा मोबाइल एप मार्फत पनि हकप्रद भर्न सकिनेछ । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

हाल नागरिक लगानी कोषको चुक्ता पूँजी १ अर्ब ६४ करोड ७ लाख ४० हजार ८०० रुपैयाँ रहेको छ । हकप्रद जारीपछि कोषको चुक्ता पूँजी ३ अर्ब पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x