Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

तीन वाणिज्य बैंकको शेयरमूल्य समायोजन

तीन वाणिज्य बैंकको शेयरमूल्य समायोजन

काठमाडौं, १० पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार तीन वाणिज्य बैंकको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा शुक्रबार एभरेष्ट बैंक, प्रभु बैंक र नेपाल बंगलादेश बैंकको शेयरमूल्य समायोजन भएको हो । गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न लाभांश तथा साधारण सभा प्रयोजनका लागि तीन बैंकहरुले शुक्रबार बुकक्लोज तोकेका थिए । बुकक्लोजसँगै नेप्सेले बोनस शेयरमा शुक्रबार शेयरमूल्य समायोजन गरी नयाँ मूल्य तोकेको हो ।

नेप्सेका अनुसार एरभेष्ट बैंकको ५ प्रतिशत बोनसपछि प्रतिकित्ता ६८१ रुपैयाँमा शेयरमूल्य समायोजन भएको छ । बैंकको बिहीबार ७१५ रुपैयाँमा अन्तिम पटक शेयर कारोबार भएको थियो। सोही मूल्यमा ५ प्रतिशत बोनस समायोजन भएको हो ।

यसैगरी प्रभु बैंकको १० प्रतिशत बोनसपछि प्रतिकित्ता ३४१ रुपैयाँमा शेयरमूल्य समायोजन भएको छ । बैंकको बिहीबार ३७५ रुपैयाँमा अन्तिम पटक शेयर कारोबार भएको थियो। सोही मूल्यमा १० प्रतिशत बोनस समायोजन भएको हो ।

नेपाल बैंगलादेश बैंकको पनि शुक्रबार नै शेयरमूल्य समायोजन भएको छ । बैंकको ६ प्रतिशत बोनसपछि प्रतिकित्ता २५० रुपैयाँमा शेयरमूल्य समायोजन भएको छ । बैंकको बिहीबार २६५ रुपैयाँमा अन्तिम पटक शेयर कारोबार भएको थियो। सोही मूल्यमा ६ प्रतिशत बोनस समायोजन भएको हो ।

त्यसैगरी आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको पनि आजै शेयरमूल्य समायोजन भएको छ । लघुवित्तको ९ प्रतिशत बोनसपछि प्रतिकित्ता ५८१ रुपैयाँमा शेयरमूल्य समायोजन भएको छ । कम्पनीको बिहीबार ६३३ रुपैयाँमा अन्तिम पटक शेयर करोबार भएको थियो । सोही मूल्यमा ९ प्रतिशत बोनस समायोजन भएको कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x