Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

प्रभु लाइफको आईपीओ बाँडफाँड, ५ लाख बढीको हात खाली

प्रभु लाइफको आईपीओ बाँडफाँड, ५ लाख बढीको हात खाली

काठमाडौं, १० पुस । प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) ५ लाख ४० हजार आवेदकले १० कित्ताका दरले पाएका छन् । कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार क्यापिटलको कार्यालयमा बिहान ११ बजे शेयर बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओमा १० लाख ५१ हजार २१६ जनाले आवेदन गरेकोमा २ हजार १६९ आवेदन रद्ध भएका थिए । सदर आवेदन १० लाख ४९ हजार ४७ लाई गोलाप्रथाबाट उक्त शेयर वितरण गरिएको हो । कम्पनीको शेयरमा आवेदन गरेका ५ लाख ११ हजार २१६ जनाले शेयर पाउने भएका छन् । जसमा २ हजार १६९ आवेदन रद्ध भएका थिए । आवेदन सदर भएका ५ लाख ९ हजार ४७ जनाले कम्पनीको आईपीओ पाउन सकेनन् ।

कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म कूल ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । सो मध्ये सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई ३र३ लाख कित्ता छ्ट्टाएर ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x