Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

वीरगञ्ज आईसीपीको राजस्व संकलन लक्ष्यभन्दा कम

वीरगञ्ज आईसीपीको राजस्व संकलन लक्ष्यभन्दा कम

वीरगञ्ज, १० पुस । वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी)ले चालू आर्थिक वर्षको ५ महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । संघीय सरकारले वीरगञ्ज भन्सार कार्यालयलाई चालू आवको साउनदेखि मङ्सिरसम्ममा रू. ६५ अर्ब २५ करोड ५५ लाख राजस्व संकलनको लक्ष्य दिएकोमा रू. ५८ अर्ब १५ करोड ८९ लाख मात्र असुली हुन सकेको छ, जुन लक्ष्यभन्दा ११ प्रतिशतले कम हो ।
देशमा कोरोना सङ्क्रमणका कारण अर्थतन्त्रमा परेको प्रभाव तथा नेपाल–भारतबीच रहेको सीमा नाका लामो समयदेखि बन्द रहेकाले सो अवधिमा घट्दो आयातका कारण तोकिएको लक्ष्य प्राप्त गर्न नसकिएको भन्सार अधिकृत शैलेन्द्र अधिकारीलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । उनका अनुसार भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधनलगायत अन्य सामान सोचे जस्तो आउन नसकेकाले सो अवधिमा लक्ष्य भेट्टाउन नसकिएको हो ।
सङ्घीय सरकारले सो भन्सार कार्यालयलाई आव २०७७÷७८ का लागि रु एक खर्ब ७१ अर्ब राजश्व उठाउन लक्ष्य दिएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको पाँच महिनामा रू. ७६ अर्ब ३३ करोड मूल्य बराबरको विभिन्न सामान भारततर्फ निर्यात भएको छ । सो अवधिमा वीरगञ्ज नाकाबाट सबैभन्दा बढी भटमासको तेल भारततर्फ निर्यात भएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x