Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

ब्रोकर कमिसन ३३ प्रतिशतले घट्यो, अब ०.२७ देखि ०.४० सम्म हुने

ब्रोकर कमिसन ३३ प्रतिशतले घट्यो, अब ०.२७ देखि ०.४० सम्म हुने

काठमाडौं, १० पुस । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ३३ प्रतिशतले ब्रोकर कमिसन घटाएको छ । आगामी आइतबारदेखि कार्यान्वयनमा आउँने गरी समग्रमा ३३ प्रतिशतले ब्रोकर कमिसन घटाइएको हो । अहिलेको ब्रोकर कमिसनमा ३३ प्रतिशत घटेपछि अब ०.२७ देखि ०.४० प्रतिशतसम्म तिर्नुपर्ने व्यवस्था गरेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।

बोर्डले संगठित संस्थाको शेयरको प्रत्येक खरिद तथा विक्री कारोबारमा धितोपत्र दलाल व्यवसायी सेवा शूल्क वापत ५० हजार रुपैयाँसम्मको शेयर कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड रुपैयाँभन्दा बढीको कारोबारमा ०.२७ प्रतिशत लिन पाउँने व्यवस्था गरिएको छ ।

त्यस्तै सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेकोे ऋणपत्र तथा संस्थागत ऋणपत्रको खरिद विक्री कारोबारमा धितोपत्र दलाली वापत ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.१० प्रतिशत ५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कारोबारमा ०.०५ प्रतिशत र ५० लाख रुपैयाँभन्दा माधि जतिसुकैको कारोबारमा ०.०२ प्रतिशत शूल्क लिन पाउँने व्यवस्था गरेको छ ।

सामुहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको हकमा भने ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.१५ प्रतिशत, ५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कारोबारमा ०.१२ प्रतिशत र ५० लाखभन्दा माथिको जतिसुकै कारोबारमा ०.१० प्रतिशत सेवा शूल्क लिन पाउने व्यवस्था गरिएको छ ।

धितोपत्र बजारलाई थप गतिशील बनाउँने सरकारको नीति तथा प्राथमिकता, अनलाइन कारोबार प्रणालीमा भएको सुधार र बजारमा लगानीकर्ताको सहभागिता र दैनिक रुपमा कोरोबार रकममा भएको वृद्धिलाई ध्यानमा राख्दै ब्रोकर कमिसन घटाइएको बोर्डले बताएको छ । ब्रोकर कमिसन घटाउँदा अन्तर्राष्ट्रिय अभ्यासलाई पनि प्राथमिकताका साथ हेरिएको बताइएको छ । पछिल्लो समय धितोपत्र बजारमा ८५ प्रतिशतभन्दा बढी कारोबार अनलाईनमार्फत हुने गरेको छ भने दैनिक कारोबार परिमाणमा पनि बढोत्तरी हुन थालेको छ ।

यस अघि ब्रोकर कमिसनको रुपमा न्यूनतम ०.४० प्रतिशतदेखि ०.६० प्रतिशतसम्म शेयर खरिद बिक्रीबापत लगानीकर्ताहरुले तिर्दै आइरहेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x