Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नक्साल तरकारी बजारमा क्यूआर कोडमार्फत डिजिटल भुक्तानी सेवा शुरू

नक्साल तरकारी बजारमा क्यूआर कोडमार्फत डिजिटल भुक्तानी सेवा शुरू

काठमाडौं, १० पुस । काठमाडौंको नक्साल तरकारी बजारमा क्युआर कोर्डबाट भुक्तानी सेवा प्रारभ्म गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक किलो अदुवा खरिद गरी क्युआर कोडबाट भुक्तानी गरेर तरकारी बजारमा डिजिटल भुक्तानी सेवा शुभारम्भ गरेका हुन् ।
सेवा शुभारम्भको अवसरमा गभर्नर अधिकारीले नक्साल तरकारी बजार पहिलो क्युआर कोडमार्फत भुक्तानीको व्यवस्था गरेको बताए । उनले यो कार्यले डिजिटल कारोबार प्रवद्र्धनमा टेवा पुग्ने बताए । मासिक रूपमा ३० प्रतिशतले क्युआर कोडको कारोबार अभिवृद्धि भएको पनि जानकारी उनले गराए ।
यससँगै कालीमाटी, बल्खु तरकारी बजारमा पनि डिजिटल प्रविधिको प्रयोग गराउने अभियान रहेको गभर्नर अधिकारीको भनाइ छ । डिजिटल बैंकिङ सुशासनसँग गाँसिएको भन्दै उनले प्रविधिको प्रयोगलाई बढावा दिन खोजिएको बताए ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले क्यासलेसको अभियानलाई सहयोग पु¥याउन खोजिएको बताए । क्लिकले बैंकको लागत पनि घटाउने भएकाले बैंकहरूले प्रविधिमा लगानी बढाइरहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x