Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

निर्यातको दोस्रो स्थानमा अलैंची, गत आवको तुलनामा ६४ प्रतिशतले बढ्यो

निर्यातको दोस्रो स्थानमा अलैंची, गत आवको तुलनामा ६४ प्रतिशतले बढ्यो

काठमाडौं, ११ पुस । चालू आर्थिक वर्षको ५ महिनामा मुलुकबाट सबैभन्दा धेरै निर्यात भएको वस्तुमा भटमासको तेलपछि दोस्रो स्थान अलैंचीले लिएको छ ।
भन्सार विभागका अनुसार आर्थिक वर्षको मंसिर मसान्तसम्ममा नेपालबाट ५० अर्ब ५ करोड ५६ लाख रुपैयाँको वस्तु निर्यात भएको छ, जसमध्ये १३ अर्ब ५० करोड ६३ लाख रुपैयाँ बराबरको ९३ करोड ५५ लाख ९७ हजार केजी भटमासको तेल निर्यात भएको छ भने यसपछि दोस्रो स्थानमा रहँदै ३ अर्ब ५ करोड रुपैयाँ मूल्य बराबरको ३७ लाख ९० हजार केजी अलैंची निकासा भएको छ, जुत गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६४ प्रतिशत बढी हो ।
गत आर्थिक वर्षको मंसिरसम्ममा नेपालबाट १ अर्ब ८६ करोड रुपैयाँबराबरको अलैंची निर्यात भएको थियो । यो परिमाण अघिल्लो आवको सोही अवधिको तुलनामा ५०.७ प्रतिशत धेरै हो । अघिल्लो आवको पहिलो ५ महिनामा १ अर्ब २३ करोड रुपैयाँबराबरको अलैंची निर्यात भएको थियो ।
नेपालबाट निर्यात हुने अलैंचीको मुख्य बजार भारत हो । भारतमा यस वर्ष अलैंचीको उत्पादनमा ह्रास आएकाले भारततर्फ अलैंचीको निकासी बढेको सम्बद्ध व्यवसायीले बताएका छन् ।
नेपालको पूर्वी इलाम, पाँचथरलगायतका जिल्लामा बढी अलैंची उत्पादन हुन्छ । कृषि उपजमा अलैंचीलाई सरकारले निर्यात प्राथमिकताको वस्तुमा राखेको छ । नेपालबाट बढीभन्दा बढी निर्यातमा हुने तेस्रो वस्तु भने कालो चिया रहेको छ । विभागको तथ्यांक अनुसार चालू आवको ५ महिनामा २ अर्ब ३३ करोड ८५ लाख रुपैयाँ बरारबको चिया निकासी भएको छ । सो अवधिमा ७७ लाख ५४ हजार केजी कालो चिया निर्यात भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x