Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नुवाकोटको श्रीकृष्ण उच्च माविमा २ लाख ५१ हजारको अक्षय कोष स्थापना

नुवाकोटको श्रीकृष्ण उच्च माविमा २ लाख ५१ हजारको अक्षय कोष स्थापना

काठमाडौं, ११ पौष । नुवाकोट तारकेश्वर गाउँपालिका वडा नं २ को श्रीकृष्ण उच्च माध्यामिक विद्यालयमा इतिहासमै पहिलो पटक २ लाख ५१ हजार रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ। स्थानीय समाजसेवी एवं राजनीतिज्ञ रामहरि अधिकारीको संयोजनमा काठमाडौं वडा ४ निवासी ८२ वर्षिय वरिष्ठ समाज सेवी एवम् राजनीतिज्ञ तुलसी नारायण खमु श्रेष्ठले आफ्नो आमा तुइलमाया छु खमु श्रेष्ठ, बुवा तुलसीदास खमु श्रेष्ठ र श्रीमती मैया साहु खमु श्रेष्ठको नाममा अक्षयकोष स्थापना गरेका हुन । छिटै कोषलाई बृद्धि गरि ५ लाख पुर्याउने उनको योजना छ ।

श्रीकृष्ण माध्यामिक विद्यालयको ६० औं वार्षिकोत्सव, अभिभावक भेला एवं संचालक समिति चयन कार्यक्रममा उनले अक्षय कोष स्थापनाको घोषणा गरका हुन । उक्त कोषको रकम टुहुरा, अशक्त, अपाङ्ग, दलित एवं जेहनदार बालबालिकाहरुको अध्ययनका लागि खर्च गरिने छ ।

यस्तै सोही अवसरमा उहाँले प्रविधिमैत्री शिक्षाको विकासका लागि खर्च गर्न ५ लाख ५ हजार रुपैयाँ नगद सहयोग गर्नुका साथै एउटा फोटोकपि मेशिसन पनि प्रदान गरका हुन । ग्रामिण भेगको बालबालिकाहरुको गुणस्तरीय शिक्षाका लागि सहयोग गर्न पाएको खुसी हुँदै उनलेआगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेकपाका नेता एवं निवर्तमान प्रतिनिधि सभा सांसद नारायण खतिवडाले विद्यालयको तर्फबाट श्रेष्ठ र अधिकारीलाई सम्मानीत पनि गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x