Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ६८ प्रतिशत सम्पन्न

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ६८ प्रतिशत सम्पन्न

पोखरा, १५ पुस । निर्माणाधनी पोखरा क्षेत्रीय विमानस्थल निर्माण ६८ प्रतिशत पूरा भएको छ । कोरोना नियन्त्रणका लागि लामो समय गरिएको लकडाउनको समयमा समेत काम नरोकिएको विमानस्थल आयोजनामा उक्त भौतिक प्रगति भएको हो ।

२०२१ जुलाई १० सम्ममा सञ्चालनमा ल्याउने लक्ष्य रहेको विमानस्थलको निर्माण नियमित रूपमा भइरहेको आयोजनाले बताएको छ ।

आयोजना प्रमुख विनेश मुनाकर्मीका अनुसार विमास्थल विस्तारको ठेकेदार कम्पनी सीएएमसी इन्जिनियरिङ कम्पनीले सम्झौताअनुरूप निर्माण अघि बढाएको छ ।

सरकार र सीएमसीबीच १० जुलाई २०२१ सम्ममा विमानस्थल निर्माण निर्माण सम्पन्न सम्झौता भएको छ । निर्धारित मितिमै सम्पन्न गर्नेगरी काम भइरहेको मुनकर्मीले बताएका छन् ।

विमानस्थलको टर्मिनल भवनको बाहिरी भाग, सहायक सडक, ट्याक्सी पार्किङ, ह्यांगर एप्रोन, आइसोलेटेड पार्कलगायत निर्माण सकिएको छ भने एयर फिल्ड लाइट, रंग, एलिभेटर, सजावटका सामग्री जडान र १४ वटा भवन निर्माण पूरा भई फिनिसिङका काम भइरहेको छन् ।

उक्त विमानस्थलबाट व्यावसायिक उडान सञ्चालनका लागि भने सहायक विभिन्न पूर्वाधार तयार गर्नुपर्ने भएकाले करिब १ ढिलाइ हुने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x