Date

बिहि, माघ ३, २०८१
Thu, January 16, 2025

५८ स्थानीय तहमा औद्योगिक ग्राम निर्माण हुँदै

५८ स्थानीय तहमा औद्योगिक ग्राम निर्माण हुँदै

काठमाडौं, १५ पुस उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार हालसम्म मुलुकका ५८ स्थानीय तहमा औद्योगिक ग्राम स्थापनाको काम अघि बढेको छ । मन्त्रालयको आर्थिक सहयोगमा उक्त स्थानीय तहमा औद्योगिक ग्राम निर्माण कार्य शुरू भएको मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले बताएका छन् ।

यस वर्ष थप १३ स्थानीय तहमा औद्योगिक ग्राम निर्माणका लागि मन्त्रालयले रकम प्रदान गर्ने भएको छ । यसका लागि मन्त्रालयले करिब १२ करोड रुपैयाँ प्रदान गर्ने भएको छ ।
स्थानीय तहमा औद्योगिक ग्राम स्थापनाका लागि गतवर्ष मन्त्रालयले ३९ करोड ५६ लाख रुपैयाँ वितरण गरेको थियो । यस वर्ष १३ स्थानीय तहमा निर्माण गरिने एउटा औद्योगिक ग्राम निर्माणको लागि ९२ लाख रुपैयाँका दरले प्रदान गर्न लागिएको हो ।

गतवर्षदेखि मन्त्रालयले एक स्थानीय तहमा एक औद्योगिक ग्रामको पूर्वाधार निर्माणको लागि ९२ लाख रुपैयाँ प्रदान गर्दै आएको हो, जस अनुसार ४५ मध्ये ४३ स्थानीय तहले औद्योगिक ग्राम निर्माणको लागि मन्त्रालयबाट उक्त सहयोग लिएको मन्त्रालयले बताएको छ ।

स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउने अवधारणा अनुसार सरकारले औद्योगिक ग्रामको अवधारण अघि सारेको हो । यसबाट स्थानीय स्रोत साधन, कच्चा पदार्थ, प्रविधि र शीपको परिचालन भई लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि हुने अपेक्षा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x