Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

यूएईका नेपालीले अलफर्दान एक्सचेन्जबाट पठाएको रकमको भुक्तानी इसेवाबाट पाइने

यूएईका नेपालीले अलफर्दान एक्सचेन्जबाट पठाएको रकमको भुक्तानी इसेवाबाट पाइने

काठमाडौं, १५ पुस । इसेवा मनि ट्रान्सफर र यूएईको ख्यातिप्राप्त रेमिट्यान्स् सेवा प्रदायक कम्पनी अलफर्दान एक्सचेन्जबीच रेमिट्यान्स् कारोबार सम्झौता भएको छ । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवामनि ट्रान्सफरका तर्पmबाट प्रबन्ध निर्देशक –अजेश कोइराला र अलफर्दान एक्सचेन्ज रेमिटेन्सको तर्पmबाट पूर्व प्रमुखकार्यकारी अधिकृत –ओसामाअल राहमाले हस्ताक्षर गरेका छन् ।

यो सेवा सुरु भएसँगै यूएईमा रहेका नेपालीहरुले अलफर्दान एक्सचेन्जका ६५ वटा शाखाहरुबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सक्ने छन् ।

नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपाल भर रहेका ८ हजार भन्दा धेरै एजेन्ट तथा इसेवावालेट एप मार्पmत पनि प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ। त्यसै गरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x