नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा माघ ८ गते

काठमाडौं, १५ पुस । नेपाल इन्भेष्टमेन्ट बैंकले माघ ८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको उक्त साधारण सभामा १३ प्रतिशत बोनस शेयर र ५.५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश गर्ने छ ।

यी बाहेक अन्य कुनै बैंक तथा वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । बैंकले अधिकृत पुँजी बढाएर १८ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि पेश गर्नेछ ।

साधारण सभा गर्न बैंकले पुस २२ गतेदेखि माघ ८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस २१ गतेसम्म कायम रहने शेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *