माछापुच्छ्रे बैंकले थप्यो ६ स्थानमा शाखारहित बैंकिङ्ग सेवा
काठमाडौं, १५ पुस । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ वटा शाखा रहित बंैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले भक्तपुरको सुर्यविनायक नगरपालिका–३ बालकोट, सिराहाको नरहा गाउँपालिका–३ नरहा, महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–५ कोलहुवा बगैया, मुगुको खत्याड गाउँपालिका–११ रातापानी, झापाको शिवसताक्षी नगरपालिका–१ माईधारा र झापाको कन्काई नगरपालिका–९ घौलाडुब्बामा थप ६ वाटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखा रहित बंैकिङ्ग सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको बैंकले बताएको छ ।
थप ६ वटा शाखारहित बैंकिङ्ग सेवासंगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखा रहित बैंकिङ्ग सेवा १४८ पुगेको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न, झिक्न, रेमिटेन्स भुक्तानीका साथै कर्जा आवेदनसमेत दिन सकिने छ ।
बंैकले हाल १६० वटा शाखा कार्यालय, १९८ वटा एटीएम र १४८ शाखारहित बैकिङ्ग सेवासमेत गरी ३०८ स्थानबाट ग्राहकलाई बैंकिङ्ग सेवा दिँदै आएको छ ।