Date

बुध, माघ २, २०८१
Wed, January 15, 2025

निजी क्षेत्रलाई नाफाखोरको रुपमा हेर्ने सोचाइ परिवर्तन हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

निजी क्षेत्रलाई नाफाखोरको रुपमा हेर्ने सोचाइ परिवर्तन हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं, १५ पुस । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले पनि नेपाली राजनैतिक नेतृत्वमा निजी क्षेत्रको हेराई परिवर्तन भइ नसकेको बताएका छन्। पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलअन्तर्गत बुधबार भएको कोरोनाकालीन उद्योग वाणिज्य सेसनमा उनले निजी क्षेत्र नाफाखोर भन्ने परम्परागत सोचाइमा परिवर्तन गर्नु आवश्यक रहेको बताएका हुन ।

रोजगारी सृजना गर्ने , कर तिर्ने, भौतिक पूर्वाधार निर्माण गर्ने लगायतमा निजी क्षेत्रको अग्रणी भूमिका रहेको भन्दै उनले निजी क्षेत्रलाई नाफाखोर भनी हेर्ने परम्परागत सोचाइमा परिवर्तन हुनु आवश्यक रहेको बताए ।

अहिले सरकारी हेराइमा परिवर्तन आइरहेको भए पनि खुलेर निजी क्षेत्रलाई सरकारको सहयोग नभएको वरिष्ठ उपाध्यक्ष ढकालको भनाई छ । बजेट र मौद्रिक नीतिमा कोरोनाले थिलथिलो पारेको निजी क्षेत्रलाई समेट्ने प्रयास गरे पनि त्यसको कार्यान्वयन नहुँदा व्यवसायीले सरकारी सहयोगको अनुभव गर्न नपाइएको पनि उनको गुनासो छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x