Date

मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

तेलको मूल्य बढेकोमा विभागको ध्यानाकर्षण, व्यबसायीलाई भोलीसम्म कारण पेस गर्न निर्देशन

तेलको मूल्य बढेकोमा विभागको ध्यानाकर्षण, व्यबसायीलाई भोलीसम्म कारण पेस गर्न निर्देशन

काठमाडौं, २० पुस । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तेल उद्योगीलाई भोलीसम्म तेलको मूल्य बढ्नुको कारण पेस गर्न निर्देशन दिएको छ । विभागले हिजो तेल उद्योगीसँग छलफल गर्दै उद्योगीलाई भोलीसम्म कारण पेस गर्न निर्देशन दिएको हो ।

छलफलका क्रममा उद्योगीले तेल सनफ्लावर र सोयाबिनको तेल कच्चा पदार्थका कारण महँगो भए पनि तोरीको भाउ नबढेको दाबी गरेको पनि विभागले जनाएको छ । व्यापारीहरुका अनुसार पछिल्लो दुईरतीन महिनाको बीचमा सोयाबिन र सनफ्लावरमा प्रतिकार्टोन तीन सय रुपैयाँ सम्म महँगो भएको छ ।

उता व्यापारीले भने सनफ्लावर र सोयाबिनको तेलसँगै तोरीको तेलको भाउ पनि बढेको बताएका छन । विभागका अनुसार छलफलमा तेल उत्पादनका मुख्य उद्योग शिवशक्ति, दुगड, गणपति, केडियाका प्रतिनिधि सहभागिता थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *