Date

सोम, असार ४, २०८१
Mon, June 17, 2024

सन् २०२१ को पहिलो कारोबार दिन नेप्से २१०० विन्दुमाथि, ६ अर्ब ३३ करोडको शेयर कारोबार

सन् २०२१ को पहिलो कारोबार दिन नेप्से २१०० विन्दुमाथि, ६ अर्ब ३३ करोडको शेयर कारोबार

काठमाडौं, १९ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले उत्साहका साथ नयाँ वर्ष सन् २०२१ लाई स्वागत गरेको छ । सन् २०२१ को पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक ८८.१२ अंकले वृद्धि भई २१७५.३९ विन्दुमा रोकिएको हो । सन् २०२० लाई पनि २५ अंक वृद्धिका साथ विदाई गरेको थियो ।

आज २१२ कम्पनीको १ करोड ४० लाख ८ हजार ४८९ कित्ता शेयर ६ अर्ब ३३ करोड ६२ लाख रुपैयाँमा खरिद विक्री भएको छ । हिमालयन डिष्टिलरी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको शेयर मूल्य पनि ९.९७ प्रतिशतले वृद्धि भएको छ । आज हिमालयन डिष्टिलरीको प्रतिशेयर मूल्य ३ हजार ८७२, साल्ट ट्रेडिङ्गको ६ हजार ९०९ रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १ हजार ४७८ रुपैयाँ र प्राइम कमर्सियल बैंक लिमिटेडको प्रतिशेयर मूल्य ४६८ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक मूल्यको शेयर विक्री नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ५० करोड ९५ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । आज यो कम्पनीको शेयर मूल्य २ हजार ४१६ कायम भएको छ ।

कारोबारमा आएका १२ समूहकै परिसूचकमा वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि उद्योग समूहको भएको छ । यो समूहको परिसूचक ९.६४ प्रतिशतले वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x