Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

काठमाडौंमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपात

काठमाडौंमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपात

काठमाडौं, २० पुस । पश्चिमी वायुको प्रभावका कारण आज देशभरको मौसम बदली भएर अधिकम्श स्थानमा वर्षा हुनुका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदुर पश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम, कर्णाली, गण्डकी प्रदेशका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश १ को थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

त्यसैगरी आज राति पनि देशभर मौसममा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको साथै केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकाको मौसम पनि बदली रहने र छिटफुट वर्षा हुने महाशाखाले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x