प्राइम बैंकको शेयर मूल्य समायोजन
काठमाडौं, २० पुस । प्राइम कमर्सियल बैंकको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकको १५ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो ।
समायोजन पछिको मूल्य ४ सय ७ रुपैयाँ कायम गरिएको छ। यही मूल्यलाई आधार मानेर आज बैंकको शेयर कारोबार खुल्नेछ । नेप्सेले आइतबार अन्तिम कारोबार मूल्य ४ सय ६८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।