बुधबार शेयर बजारमा १३ अंकको बृद्धि

काठमाडौं, २२ पुस । बुधबार शेयर बजार परिसूचक नेप्से १३.०७ अंकले बढेर २१७८.५७ विन्दुमा पुगेको छ ।

बुधबार कारोबारमा आएका १२ समूह मध्ये हाइड्रो र व्यापारमा गिरावट आएपनि बाँकी अरु समूह भने बढेको छ ।वाणिज्य बैंकिङ ११.८ अंक, विकास बैंक समूह २२.९५ अंक, निर्जीवन बीमा ११२.६६ अंक, जीवन बीमा २४.८३ अंक र माइक्रोफाइनान्स समूहको परिसूचक ५६.३१ अंकले बढेको छ ।

यस दिन कारोबार भने औसत नै छ । २ सय ५ कम्पनीको ४ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसमा सबैभन्दा धेरै हिस्सा नेपाल लाइफ इन्स्योरेन्सको छ। यो कम्पनीको २१ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । दोस्रोमा शिखर इन्स्योरेन्स रहेको छ ।

यस्तै सबैभन्दा धेरै कमाउने कम्पनीहरुको अग्रस्थानमा कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक रहेको छ । यस बैंकको शेयर मूल्यमा १० प्रतिशतको बृद्धि छ भने गुमाउने कम्पनीहरुको सूचीको अग्रस्थानमा नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर शेयर रहेको छ । यसको शेयर मूल्यमा ८.५५ प्रतिशतले गिरावट आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *