Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाल सुनचाँदी ब्यवसायी महासंघको महाअधिवेशन पुस २४ र २५ मा हुँदै

नेपाल सुनचाँदी ब्यवसायी महासंघको महाअधिवेशन पुस २४ र २५ मा हुँदै

काठमाडौं, २२ पुस । नेपाल सुनचाँदी ब्यवसायी महासंघको सातौं तथा आठौ बार्षिक साधारणसभा एबं तेस्रो महाअधिवेशन यही पुस २४ र २५ गते काठमाडौंमा हुने भएको छ।

यसपटक महासंघको साधारणसभा तथा अधिवेशनमा देशभरका ६५ जिल्लारनगर संघ तथा वस्तुगत र एसोसिएट सदस्यहरुको तर्फबाट ६ सय भन्दा बढी प्रतिनिधि र पर्यवेक्षकहरुले सहभागिता जनाउने बताइएको छ।

कोरोना संक्रमणको त्रास कायमै रहेकाले हालको अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुरुप कार्यक्रम संचालन गरिने महासंघले जनाएको छ। निर्वाचनबाट ५५ सदस्यीय नयाँ कार्य समिति चयन गरिने छ । महासंघले पनि संघीय संरचनालाई आत्मसाथ गर्दै सात वटै प्रदेशमा प्रदेश महासंघ गठन गरे अनुरुप प्रदेश महासंघहरुको निर्वाचन अग्रिम रुपमा सम्पन्न भइसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x